Radiology & Diagnostics

गर्भवती महिलाले गर्भकालीन अल्ट्रासाउन्ड (USG) कहिले र किन गर्ने?

डा. रमेश पौडेल
प्रकाशित मिति: २०२६ जुन २५
Featured image for Prenatal Ultrasound (USG): A Complete Guide for Pregnant Women

गर्भावस्था (Pregnancy) एक संवेदनशील समय हो। आमा र शिशु दुवैको स्वास्थ्य सुनिश्चित गर्न गर्भकालीन अल्ट्रासाउन्ड अत्यन्तै महत्त्वपूर्ण हुन्छ।

कहिले गर्ने अल्ट्रासाउन्ड?

  • पहिलो त्रैमासिक (६-१० हप्ता): बच्चा पाठेघरमै बसेको छ वा छैन र मुटुको धड्कन जाँच्न।
  • दोस्रो त्रैमासिक (१८-२२ हप्ता): यसलाई Anomaly Scan भनिन्छ। यसले बच्चाको सम्पूर्ण शारीरिक अङ्गहरूको विकास ठीक भए/नभएको हेर्छ।
  • तेस्रो त्रैमासिक (३२-३६ हप्ता): बच्चाको तौल, पानीको मात्रा र सुत्केरी हुने बेलाको अवस्था जाँच्न।

के अल्ट्रासाउन्डले बच्चालाई असर गर्छ?

अल्ट्रासाउन्ड ध्वनि तरंगबाट काम गर्ने भएकाले यसले बच्चालाई कुनै निस्कसान पुऱ्याउँदैन। यो पूर्णतया सुरक्षित छ।

धेरै सोधिने प्रश्नहरू (FAQs)

Q.के अल्ट्रासाउन्डले बच्चालाई हानी गर्छ?

A.छैन, यसमा हानिकारक विकिरण हुँदैन, त्यसैले यो पूर्णतः सुरक्षित छ।

Q.सबैभन्दा महत्त्वपूर्ण स्क्यान कुन हो?

A.१८-२२ हप्तामा गरिने Anomaly Scan सबैभन्दा महत्त्वपूर्ण हुन्छ किनकि यसले बच्चाको शारीरिक बनावट जाँच्छ।

कल गर्नुस्
ह्वाट्सएप
नक्सा